स्पर्श अस्पतालमा सिद्धार्थ बैंकका ग्राहकहरुलाई २५ प्रतिशत छुट

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेड र वीरगञ्जको बहुअरीस्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका वीरगञ्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने र स्पर्श अस्पतालका प्रबन्ध निर्देशक निमेश पल रमनले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले स्पर्श अस्पतालमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङ प्रयोग गरी भुक्तानी गरेबापत विभिन्न सेवा शुल्कमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने सिद्धार्थ बैंकले जनाएको छ।

यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्