‘लिटिल बुद्ध’ साकारको ‘ड्रागन वल्र्ड’ एल्बम आउँदै

काठमाडौं – ‘लिटिल बुद्ध’ का रुपमा परिचित र्‍यापर साकार दुई वर्षपछि ‘ड्रागन वर्ल्ड’ नामक एल्बम लिएर नेपाली सांगीतिक क्षेत्रमा आउन लागेका छन्। उनले एल्बम आउनु भन्दा अगाडि आउने ‘इपी ड्रागर फायर’ मा रहेर तीन गीत सार्वजनिक गरेका छन् ।

उनले वर्ल्ड टुरको पनि घोषणा गरेका छन् । उनको यो टुरमा र्‍यापर, गायक गायिका, निर्माता, फेसन डिजाइनर, मोडल, कलाकार र मनोरञ्जन क्षेत्रको चर्चित अनुहारको सहभागिता हुनेछ ।

उनले आगामी डिसेम्बर ४ मा ठमेलको सुगर केटीएममा ‘लिटिल बुद्ध लाइभ’ नामक कन्सर्ट गर्दैछन् । साकारले तीन वर्षपछि पहिलोपटक कन्सर्ट गर्न लागेका हुन् ।

‘हामी नेपाली संगीत र मनोरञ्जनको उद्योगको भविष्यका लागि उत्साहित छौँ। अर्बौ डलरको हलिउड, बलिउड, के–पप, जापनीज मनोरञ्जन उद्योग, युरोपिन र अमेरिकन फेसन हाउसको स्थानसम्म पुग्नका लागि हाम्रो टिम प्रतिबद्ध छ’, साकारले भनेका छन् ।

साकारको टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ ।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्