दर्शकले रुचाएको ८३ को यो ट्रेलर

यो कथा क्रिकेटको हो । साचो र झण्डै ३८ वर्ष पुरानो । यही कथामा आधारित चलचित्र डिसेम्बर २४ मा प्रदर्शन हुँदैछ। चलचित्रको ट्रेलर भने मंगलबार सार्वजनिक भएको छ। युट्युबमा सार्वजनिक भएको सबै भिडियोलाई धेरैले रुचाएका छन् ।

यो भिडियो हाल ट्रेन्डिङमा आइसकेको छ। सन् १९९३ मा भारतका चर्चित क्रिकेटर कपिल देवको अगुवाईमा भारतीय क्रिकेट टोलीले विश्वकप जितेको विषयमा यो चलचित्र आधारित छ। चलचित्रको नाम ८३ हो।

यसलाई कपिल देवको टोलीको सफल प्रस्तुतीपछि भारतीय खेल इतिहासमा सबै भन्दा ठूलो जीतको रुपमा स्मरण गर्ने गरिन्छ। चलचित्रमा कपिल देवको भूमिकामा रणवीर सिंह देखिएका छन् ।

झण्डै ४ दशक अगाडि ‘इंग्ल्याण्ड’ को मैदानमा कपिल देवको टोलीले देखाएको जादुमयी प्रस्तुति र रेडियो सेटबाट यो खबर सुनेका तमाम मानिसको यादमा यो जीत बसेको छ।

तर सन् १९८३ को जीतभन्दा दुई वर्ष पछि जन्मिएका रणवीर सिंहले चलचित्रमा क्रिकेट टोलीको तत्कालीन कप्तानको भूमिका निर्वाह गरेका छन् । चलचित्रकाे ट्रेलरलाई २१ औँ शताब्दीका जन्मिएका क्रिकेटका धेरै फ्यानहरुले मन पराईरहेका छन्।

यो चलचित्रको निर्देशन कबिर खानले गरेका हुन्।

त्यो समय कपिल देवको कप्तानीमा बनेको यो टोलीलाई संसारको सबैभन्दा बलियो टोलीका रुपमा लिइएको थियो किनभने, २ पल्ट विश्वकप जितेको वेस्ट इन्डिजको टोली फाइनलमा ४३ रनले हारेको थियो।

विश्वकपको ट्रफिसम्मको यात्रा झनै चाखलाग्दो थियो। प्रतिस्पर्धामा अनुमान गरिएको भन्दा फरक प्रदर्शन गरेको यो टोलीले जे जे भोग्यो त्यो ट्रेलरमा देखाइएको छ। चलचित्रमा रणवीरसँगै दीपिका पादुकोण, पंकज त्रिपाठी लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्