बाँकेमा एआरटी सेवा लिने ५२६ जना

नेपालगञ्ज – बाँकेमा नियमित एआरटी सेवा लिने ५ सय २६ जना रहेको पाइएको छ।

‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ बुधबार मनाइँदै गरेका ३४ औँ विश्व एड्स दिवसको अवसरमा सो तथ्यांक सार्वजनिक गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेको संयोजनमा सरोकारवाला निकायले नेपालगञ्जमा बिहान जनचेतनामूलक ¥याली निकालेका छन् । ¥यालीले नेपालगञ्ज बजार परिक्रमा गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन मानव नेपालीका अनुसार, बाँकेमा एक हजार तीन सय ३४ जनामा एचआइभी एड्सको संक्रमण देखिएको छ ।

बाँकेमा आर्थिक वर्ष २०७४–७५ मा एक हजार १२, ०७५–७६ मा एक हजार एक सय एक, ०७६–७७ मा एक हजार दुई सय र ०७७–७८ मा एक हजार तीन सय ३४ जनामा एचआइभी एड्सको संक्रमण देखिएको छ ।

फोकलपर्सन नेपालीका अनुसार, सुईद्वारा लागु पदार्थ प्रयोग गर्ने र असुरक्षित शारीरिक सम्पर्कका कारण एचआइभी एड्सको जोखिम बढ्दो रहेको छ । सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ ।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्