नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा प्रतिज्ञा

काठमाडौँ – ‘कम्प्युटर सुरक्षा दिवस’ को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरुप कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने र कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका छन्।

नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कांत, प्रमुख प्राविधिक अधिकृत धवलभरत दवे, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत विनोदकुमार ढुङ्गेल र अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई भर्चुअल कार्यक्रममार्फत उक्त प्रतिज्ञा गराएका हुन्।

सन् १९८८ देखि विश्वभर कम्प्युटरसम्बन्धी सुरक्षा चासो जगाउने उद्देश्यले नोभेम्बर ३० तारिखका दिन ‘कम्प्युटर सुरक्षा दिवस’ मनाइँदै आएको छ।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्