सिजी ब्राण्डले ल्यायो जाडोमा उपयोगी उपकरणहरू

काठमाडौँ – नेपालको नं १ इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडोलाई लक्षित गरेर ‘जाडो हरायो जब सिजी घरमा आयो’ क्याम्पेनअन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको छ।

जाडोमा जीवन सहज बनाउने सिजीका यी घरेलु उपकरणहरू उचित मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। आफ्ना सुरुवाती दिनहरूदेखि नै सिजी ब्राण्डले नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आएको छ।

प्रविधिको क्षेत्रमा नवीनता र आयाम भित्र्याउँदै सिजी ब्राण्ड हरेक नेपालीको मनमा बस्न सफल भएको कम्पनीको दावी छ।

प्रविधि र नवीनतमा विशेष चासो राख्ने सिजी ब्राण्डको उत्कृष्ट प्रविधिबाट सुसज्जित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ।

जाडोलाई विशेष लक्षित गरी सुरु गरिएको क्याम्पेनअन्तर्गत हिटर, सिजीको गिजर, इलेक्ट्रिक ओभन, इलेक्ट्रिक कित्ली, हटपट, पानी बोतल, डिस्पेन्सर, रुमहिटर जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू रहेको कम्पनीले जानकारी दिएको छ।

त्यसैगरी उल्लेखित उत्पादनहरू उपयोगीमात्र नभई अत्यन्तै टिकाउ र अन्तर्राष्ट्रिय गुणस्तरको रहेकोसमेत कम्पनीले दाबी गरेको छ।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्