दुबईमा विक्कीको व्याचलर्स पार्टी ?

बलिउडको सबैभन्दा ठूलो चासोको विषय तत्काललाई विक्की कौशल र कट्रीना क्याफको विवाह हो। जबदेखि यो विवाहको बारेमा हल्लाखल्ला भयो, तबदेखि फ्यानहरु यो खबरको आधिकारिक पुष्टि कलाकारहरुबाट खोजिरहेका छन्।

विवाहको हल्लापछि सामाजिक सञ्जालमा यी दुई कलाकारले जे पोस्ट गरे पनि त्यसलाई विवाहसँग जोडेर हेर्न थालिएको छ। विवाहको खबरको बीचमा विक्की कौशलले आफ्नो इन्स्टाग्राम एकाउन्टमा दुबईमा भइरहेको आफ्नो घुमफिरको तस्बिर सार्वजनिक गरेका छन्।

यो तस्बिरलाई सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘याल्ला … म अहिले पनि आबुदावीमा बिताएको सुन्दर दिनलाई कल्पना गरिरहेको छु।’ समुन्द्र किनारमा भएको यो साहसिक खेल, सी बाइक चलाउँदा उनको मन सारै रमाएको प्रस्टै हेर्न सकिन्छ।

उनको यो तस्बिरलाई फ्यानहरुले प्रश्न गरिरहेका छन्। उनीहरु यो उनको व्याचलर्स पार्टी भएको अनुमान लगाइरहेका छन्। त्यसैले तस्बिरमा फ्यानहरु उनलाई जीवनमा खुसी साथ रमाउन भन्दै कमेन्ट गरिरहेका छन्।

 

View this post on Instagram

 

A post shared by Vicky Kaushal (@vickykaushal09)

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्