रणवीरले आलियाको लेहंगालाई लात हानेपछि…

बलिउडको सबैभन्दा राम्रो मानिएको जोडिमध्येमा पर्ने रणवीर कपूर र आलिय भट आउने वर्ष विवाह गर्दैछन्। विवाहको खबरका बीचमा एउटा भिडियो एकदमै छिट्टो भाइरल भइरहेको छ। तर यो भिडियोलाई हेर्ने दर्शकले भने आलियालाई रणवीरसँग ब्रेकअप गर्नको लागि सुझाव दिइरहेका छन्।

हुन त यो भिडियो तत्कालको हैन, यो भिडियो तिहारको समयको हो। जब रणवीर कपूर र आलिया एक कार्यक्रममा साथ देखिएका थिए। भाइरल भएको भिडियोमा आलिया स्टेजबाट तल झर्दै हुन्छिन्, रणवीर उनको पछाडि हिँडिरहेका हुन्छन्।

यहिबेला रणवीर कपूरको खुट्टामा आलियाको लतारिएको लेहेंगा पुग्छ। रणवीर उक्त लेहेङ्गालाई खुट्टाले तल झार्दिन्छन्। उनको यो हर्कत दर्शकलाई फिटिक्कै मन परेको छैन।

रणवीर कपूरले एक खुट्टाले आलियाको लेहेंगालाई किक हान्छन्। त्यसपछि भिडियोमा यी दुई साथ तस्बिर खिचाइरहेको पनि देखिन्छ। जसरी यो भिडियोमा रणवीरले आलियाको लेहेंगालाई लात्ति हानेर हटाएको देखियो, यसमा धेरै प्रतिक्रिया आएका छन्।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्