सेयर बजारमा झिनो सुधार, कारोबार रकम झन् घट्यो

सांकेतिक तस्बिर।

काठमाडौँ– लगातार तीन दिन घटेको सेयर बजारमा केही सुधार आएको छ।

बुधबार सेयर बजार उकालो लागेको छ। आज ५.२८ अकंले सेयर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ३३.६५ विन्दुमा पुगेको छ। ०.२० प्रतिशतले सेयर बजार बढ्दा नेप्से परिसूचक २ हजार ६ सय ३३.६५ विन्दुमा पुगेको हो।

सेयर बजार बढे पनि कारोबार र कारोबार रकम घटेको छ। आज ५३ लाख १० हजार २१५ कित्ता सेयर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँमा कारोबार भएको छ। हिजो मंगलबार ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता सेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९ सय ९१ रुपैयाँमा कारोबार भएको थियो।

आज बैंकिङ उपसमुह ०.०९ प्रतिशत, ट्रेडिङ उपसमुह ०.४३ प्रतिशत, डेभलपमेन्ट बैंक उपसमुह ०.१६ प्रतिशत, हाइड्रो पावर उपसमुह ०.२३ प्रतिशत, फाइनान्स उपसमुह ०.२८ प्रतिशत, म्यानुफ्याक्चर एण्ड प्रडक्शन उपसमुह ०.८९ प्रतिशत, अन्य उपसमुह ०.९५ प्रतिशत, म्युचल फण्ड उपसमुह ०.०३ प्रतिशत र इन्भेष्टमेन्ट उपसमुह ०.१९ प्रतिशतले उकालो लागेका छन् भने होटल एण्ड टुरिजम उपसमुह ०.५५ प्रतिशत, नन् लाइफ इन्स्योरेन्स ०.१९ प्रतिशत, माइक्रो फाइनान्स ०.१२ प्रतिशत र लाइफ इन्स्योरेन्स ०.०३ प्रतिशतले ओरालो लागेको छ।

सबैभन्दा धेरै अन्य उपसमुह ०.९५ प्रतिशतले बढेको छ भने होटल एण्ड टुरिजम ०.५५ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।

यस्तै कम्पनीतर्फ समलिङ पावर कम्पनी लिमिटेड र न्यादी हाइड्रो पावर लिमिटेड ९.९९ प्रतिशतले बढेका छन् भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेड ७.९७ प्रतिशतले बढेको छ।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्