चितुवाको छालासहित सेकुवा कर्नरबाट तीन जना पक्राउ

काठमाडौं- दुर्लभ वन्यजन्तु चितुवाको छालासहित तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनिहरुलाई एयरपोर्ट सेकुवा कर्नरबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-२ का २८ वर्षीय विशाल तामाङ, ३२ वर्षीय विनोद तामाङ र चितवनको राप्ती नगरपालिकाका ४२ वर्षीय कामीसिंह स्याङ्तान रहेका छन्।
उनिहरु काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ बस्दै आएका थिए।