काठमाडौँ उपत्यकामा थप १५० जनालाई कोरोना

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११९, भक्तपुरमा २९ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१६ जना संक्रमित थपिएका छन् भने ३ जनाले ज्यान गुमाएका छन्।

बुधबार २५९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९५४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १० हजार ९१९ पीसीआर तथा १ हजार ८०८ एन्टिजेन परीक्षण भएको छ।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्