एनएमबि बैंकले पायो ‘बैंक अफ दि इयर २०२१’ अवार्ड

काठमाडौँ– एनएमबि बैंक ‘बैंक अफ दि इयर २०२१’बाट सम्मानित भएको छ।

बेलायतको दि फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने ‘द बैंकर’ म्याग्जिनले एनएमबि बैंकलाई उक्त सम्मान प्रदान गरेको हो।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको जानकारी गराएको छ।

एशियाका ४८ बैंक प्रतिस्पर्धामा रहेकोमा एनएमबिले उक्त अवार्ड पाएको बैंकका सिइओ सुनिल केसीले बताए। उनले एशियाको उत्कृष्ट बैंक बन्न सफल भएकोमा खुसी व्यक्त गरे।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्