डिसेम्बर १५ देखि अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्ने भारतको तयारी ओमिक्रोनका कारण स्थगित

डीसेम्बर १५ तारिखदेखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्ने तयारी भारतले स्थगित गरेको छ।

कोरोनाको नयाँ प्रजाती ओमिक्रोनको संक्रमण तिव्र गतिमै फैलिरहेको भन्दै त्यसप्रति सतकर्ता अपनाउन उक्त तयारी रोकिएको भारतको नागरिक उड्डयन  महानिर्देशनालयलाई  उदृत गर्दै भारतीय सन्चार माध्यमहरुले जनाएका छन्।

भारतले हाल ‘एयर बबल्स’अन्तर्गत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।

‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ’,  भारतको नागरिक उड्डयन  महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ।’

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्