राष्ट्रपति भण्डारीले जारी गरिन् ६ वटा अध्यादेश

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बुधबार ६ वटा अध्यादेश जारी गरेका छिन्।

महिला हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संसोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय ) (पहिलो संसोधन) अध्यादेश जारी भएको छ।

यस्तै तेजाब तथा अन्य घातक रासायानिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संसोधन) अध्यादेश र रेल्वे अध्यादेश जारी भएको हो।

 

 

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्