प्रधानमन्त्रीलाई अब बंकरसहितको आवास, मंसिर २४ गते हस्तान्तरण हुने

काठमाडौं- प्रधानमन्त्री अब बंकरसहितको आवासमा बस्ने भएका छन्।

बालुवाटारमा प्रधानमन्त्रीका लागि नयाँ निवास तयार भएको हो। पुरानो भवन जिर्ण भएपछि प्रधानमन्त्रीलाई यसअघि मुख्य सचिव बस्दै आएको निवास दिइएको थियो।

सहरी विकास मन्त्रालय अन्तर्गत  विशेष भवन निर्माण आयोजनाका अनुसार आगामी मंसिर २४ गते उक्त भवन प्रधानमन्त्रीलाई हस्तान्तरण गरिने छ ।

तीन तले भवनमा २२ कोठा छन् भने लिफ्टसहित आधुनिक किचन, पाहुना कोठा, जिम कक्ष रहेको छ। प्रधानमन्त्रीको सुरक्षाका हिसाबले  नयाँ भवन तयार गरिएको आयोजना प्रमुख दिलिपशेखर श्रेष्ठले जानकारी दिए।

पाँच रोपनी क्षेत्रफलमा फैलिएको प्रधानमन्त्री आवासमा अर्को सार्वजनिक भवन पनि तयार गरिने छ।  प्रधानमन्त्रीको परिवारका लागि आवास र आगन्तुकसँग भेटघाट गर्न उक्त सार्वजनिक भवन प्रयोग हुने छ।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्