एसी मिलानको जितमा इब्राहिमोविचको गोल

इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएका खेलमा दोस्रो र तेस्रो स्थानका एसी मिलान र इन्टर मिलान विजयी हुँदा शीर्ष स्थानको नापोली भने बराबरीमा रोकिएको छ ।

अवे मैदानमा भएको खेलमा एसी मिलानले जेनोआलाई ३–० ले पराजित गरेको छ । एसी मिलानका लागि १० औँ मिनेटमा जाल्टन इब्राहिमोविचले गोल गरे ।

यस्तै जुनियर मिसियासले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेट र ६१ औँ मिनेटमा गोल गरेका हुन् ।

अर्को खेलमा तेस्रो स्थानको इन्टर मिलानले स्पेजियालाई पनि २–० ले पराजित गरेको छ । तर शीर्ष स्थानको नापोली भने सासुओलोसँग २–२ को बराबरीमा रोकियो ।

नापोलीको १५ खेलबाट ३६, एसी मिलानको ३५ तथा इन्टर मिलानको ३४ अंक भएको छ ।

बुधबार राति नै भएको खेलमा बोलोग्नासँग १–० ले पराजित भएको रोमा भने २५ अंकसहित पाँचौँ स्थानमा छ ।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्