नेइमार बिहीन पिएसजीले जित्न सकेन, मेस्सी र एमबाप्पेले गोल गर्न सकेनन्

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यो सिजन पहिलोपटक घरेलु मैदानमा लिग वानको खेल जित्न सकेन । बुधबार राति भएको खेलमा पिएसजी निससँग गोलरहित बराबरी रोकिएको हो ।

कीर्तिमान बढाउने सातौँ बालोन डी’ओर जितेका लियोनल मेस्सीसहितको पिएसजी घरेलु मैदानमा गोलरहित र पहिलोपटक जित बिहीन भएको हो ।

चोटका कारण नेइमार खेल्न नसकेको खेलमा मेस्सी र केलियन एमाबाप्पले गोल गर्न सकेनन्।

खेल सुरु हुनअघि मेस्सी सातौँ बालोन डी’ओरसहित प्रस्तुत भएका थिए।

बराबरीपछि शीर्ष स्थानको पिएसजीको १६ खेलबाट ४१ अंक भएको छ । नान्टेसलाई १–० ले पराजित गरेको मार्सेइली २९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्