नेपाली बजारमा अविता ल्यापटप

काठमाडौँ – अमेरिका, हङकङ, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले अब नेपालमा पनि आफ्नो लाइफस्टाइल टेक ब्रान्डसहित व्यापार विस्तार गर्ने भएको छ।

अविताले नेपाली बजारमा जीवन्त रंगमा डिजाइन गरिएको र विशिष्ट विशेषता सम्मिलित कुशलतापूर्वक निर्मित ल्यापटपका श्रृङ्खलाहरु ल्याएको छ। अविता ब्राण्डका ल्यापटप हल्का, अल्ट्रा–पोर्टेबल र अपूर्व विशेषताले भरिपूर्ण रहेकोले युवाहरुलाई आकर्षित गर्ने विश्वास लिइएको छ। नेपाली बजारमा यस ब्रान्डको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप आएका हुन्। अविताका सबै उत्पादनहरू २ वर्षको अनसाइट वारेन्टीसहित रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इनवारेन्टी रहेको छ।

नेक्स्टजिओ कम्पनी लिमिटेडका सीईओ र सह–संस्थापक एलेक्स चुङले भने, ‘हामी अन्ततः हिमालयको भूमिमा पाइला टेक्न पाउँदा उत्साहित छौँ, हाम्रो उद्देश्य दक्षिण एसियाली बजारमा आफ्नो व्यापार विस्तार गर्ने हो र यससँगै हामीले हाम्रा उपभोक्ताहरूको हृदयमा विश्वव्यापी पदचिह्न छोड्ने योजना पनि बनाएका छौं।’

अविताका क्षेत्रीय व्यापार निर्देशक सीमा भटनागरले अविताका नयाँ ल्यापटप श्रृङ्खलालार्ई नेपालका प्राविधिक प्रयोगकर्तामाझ ल्याउन पाउँदा अत्यन्त उत्साहित भएको बताइन्।

उनले कम्पनी ल्यापटप खरिदकर्ताहरुका लागि एक शीर्ष छनोट बन्ने र आफ्नो हर क्षमताअनुसार सेवा प्रदान गर्न तत्पर रहेको सुनाइन्।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्