चितवन (कसरा) – संकटापन्न घडियाल गोहीको संरक्षणमा चितवन राष्ट्रिय निकुञ्जस्थित प्रजनन केन्द्रको महत्वपूर्ण भूमिका छ।

सन् १९७८ मा चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल गोही प्रजनन केन्द्र स्थापना भएको हो। केन्द्रले गोहीको अण्डा प्राकृतिक बासस्थानबाट संकलन गरी बच्चा कोरली पुनः प्राकृतिक बासस्थानमा छाड्ने गरेको छ। सन् १९८१ देखि केन्द्रले गोहीका बच्चा हुर्काएर राप्ती, नारायणीसहितका नदीमा छोड्ने गरेको छ।

नदी–खोलामा मानवको अतिक्रमणले बासस्थान लोप हुनु तथा माछा मार्न प्रयोग हुने जाल र बल्छीसहितका कारणले घडियाल गोही संकटमा पर्ने गरेका छन्।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रमा रहेका वयस्क तथा बच्चा गोहीका केही तस्बिर खिचेकी छन्।