लक्ष्मी बैंकको एकमहिने डिजिटल डिसेम्बर सुरु

काठमाडौँ – बैंकिङ क्षेत्रमा प्राविधिक तहमा अग्रणी लक्ष्मी बैंकले आफ्ना ग्राहकहरुलाई सधैँ डिजिटल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको छ। त्यसै क्रममा लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ।

ह्यासडिजिटलडिसेम्बर नाम गरिएको सो योजनाले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकहरुलाई डिजिटल बैंकिङ प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्दछ। यो एकमहिने अभियानको उद्देश्य ग्राहकहरूलाई बैंकको डिजिटल बैंकिङ सेवाहरूमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार डिजिटल डिसेम्बरको यस संस्करण क्यूआर भुक्तानीको प्रवर्द्वन गर्नमा केन्द्रित छ। लक्की ड्रद्वारा आफ्ना ग्राहकहरुलाई क्यूआर भुक्तानी गर्न र व्यवसायीहरुलाई क्यूआरबाट लेनदेन गर्न प्रोत्साहन गर्दछ। यस योजनाअन्तर्गत डिजिटल डिसेम्बरभरि हरेक हप्ता ३ भाग्यशाली क्यूआर व्यवसायीहरुले रु ५ हजार नगद पुरस्कार जित्न सक्नेछन्। प्रत्येक दिन ५ जना भाग्यशाली क्यूआर भुक्तानी गर्ने ग्राहकले रु ५०० सम्मको ५० प्रतिशत क्यासब्याक जित्नसक्ने बैंकले जनाएको छ।

साथै यस योजनाको अवधिभरि मोबाइल मनीका नयाँ प्रयोगकर्ताहरुले मोबाइल मनीमार्फत रु १००० भन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकहरुमध्ये ५०० जना भाग्यशाली ग्राहकहरुले डिसेम्बर महिनाको अन्त्यमा रु ५०० क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ। यसका साथै डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरि मोबाइल मनी सब्स्क्राइब गर्ने सबैले एक महिना सो सेवा निःशुल्क पाउने बैंकले बताएको छ।

बैंकका अनुसार डिजिटल डिसेम्बरको यो संस्करण सुरु भैसकेको छ। बैंकले यसअन्तर्गतका पुरस्कारका योजनाहरु यसै सातादेखि सार्वजनिक गर्दै जाने भएको छ।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्