राष्ट्रपति भण्डारी लुम्बिनी आउँदै

फाइल फोटो।

बुटवल – राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार लुम्बिनी आउँदैछिन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनी प्रथम त्रियान प्रज्ञा सम्मेलन उद्घाटन गर्न राष्ट्रपति भण्डारी लुम्बिनी आउने भएकी हुन्।

राष्ट्रपतिले दिउँसो १ बजे मुख्य समारोहको उद्घाटन गर्ने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बताए।

उनले विश्वविद्यालयमा निर्माण गरिएको केन्द्रीय पुस्तकालय भवनको पनि उद्घाटन गर्ने कार्यक्रम छ। रुपन्देही आउनुअघि राष्ट्रपति भण्डारी कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्न जानेछिन्।

लुम्बिनीमा आयोजित त्रियान सम्मेलनमा नेपालका बौद्ध विद्धान तथा अनुसन्धानकर्ता सहभागी छन्। सम्मेलनको पहिलो दिन बौद्ध संस्कृति र समृद्धिका विषयमा कार्यपत्र प्रस्तुत भएका छन्।

विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रित रहेर त्रियान सम्मेलन आयोजना गरेको हो। बौद्ध विश्वविद्यालयले अहिले १७औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्