डिज्नीको अध्यक्षमा पहिलोपटक महिला

वाल्ट डिज्नीको अध्यक्षमा पहिलोपटक महिला निर्वाचित भएकी छन्। मनोरञ्जन क्षेत्रको ठूलो कम्पनी डिज्नीको ९८ वर्षको इतिहासमा सुजन आर्नोल्ड अध्यक्षमा चयन हुने पहिलो महिला हुन् ।

उनी १४ वर्ष उनले बोर्ड सदस्यका रुपमा काम गरेकी थिइन् । आर्नोल्डले यो वर्ष (सन् २०२१) को अन्त्यमा बब इगरको स्थान लिने छिन् ।

सन् २०२० मा बबले प्रमुख कार्यकारी पद छोडेका थिए । १५ वर्षपछि उनी सो पदबाट हटेका हुन् । यो डिसेम्बरको अन्त्यमा उनले डिज्नी छोड्ने छन् ।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्