रियलमीका नार्जो ५०ए र ५०आई सार्वजनिक

काठमाडौँ – रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सिरिज ल्याएको छ। रियलमीले रणनीतिक साझेदार मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः ‘नार्जो ५०ए र नार्जो ५०आई’ ल्याउने भएको हो।

कुनै पनि फिचरहरुमा सम्झौता नगरी आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प छनोट गरिएको कम्पनीको दावी छ।

लन्चको अवसरमा मुरारका ग्रुपका डिरेक्टर शिरिष मुरारकाले भने, ‘संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ। योसँगै हाम्रो मुख्य उद्देश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने हो र यही सिलसिलामा हामीले हाम्रो पहिलो लन्चको रुपमा रियलमीको नार्जो सिरिज नार्जो ५०ए र नार्जो ५०आई ल्याएका छौँ। जुन हाम्रो उपभोक्ताको लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरु हुन्। यी दुई फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएको छ।’

रियलमीको ४ जीबी प्लस ६४ जीबीको मूल्य १९ हजार ४९९ रुपैयाँ, ४ जीबी प्लस १२८ जीबीको २१ हजार १९९ रुपैयाँ र २ जीबी र ३२ जीबीको १२ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ।

त्यस्तै रियलमी नार्जो ५०एको ४ जीबी र १२ जीबीको २१ हजार १९९ रुपैयाँ, २ जीबी र ३२ जीबीको १२ हजार ९९९ रुपैयाँ र ४ जीबी र ६४ जीबीको १५ हजार ४९९ रुपैयाँ तोकिएको छ।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्