कोभिड भएपछ‍ि पनि ट्रम्पले कसैलाई नभनी मान्छेहरु भेटिरहे

न्युयोर्क- गत वर्ष राष्ट्रपतिकाे निर्वाचनअघि अ‌ायाेजित बहस कार्यक्रम अगाडि अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्पलाई काेभिड भएकाे खुलासा भएकाे छ । अ‌ाफ्ना प्रतिद्वन्द्वी जाेन बाइडेनसँगकाे बहसमा ट्रम्पलाई काेभिड भएकाे उनका तत्कालिन चीफ अफ स्टाफ मार्क  मिडाेजले लेखेकाे पुस्तकमा उल्लेख छ ।

मिडाेजकाे संस्मरणात्मक पुस्तक द चिफ्स चिफमा उल्लेख भएअनुसार ट्रम्पमा गंम्भीर लक्षण देखिएकाे थियाे । केही दिनपछि परीक्षण गर्दा उनकाे नेगेटिभ रिपाेर्ट देखिएकाे थियाे । यद्यपि आफूलाई कोभिड भएकोबारे कुनै जानकारी नदिई ट्रम्पले थुप्रै मानिस भेट्नुका साथै उनले थुप्रै चुनावी सभाहरुमा सम्बोधन गरेका थिए।

२६ सेप्टेम्बरमा पेन्सेल्भेनियामा आयाेजित एउटा चुनावी ह्ययालीमा जाने क्रममा ट्रम्पलाई काेभिड देखिएकाे थियाे ।

निकाे भएपछि २ अक्टाेबरमा ट्रम्पले आफू र पत्नि मेलानियालाई काेभिड भएकाे ट्विटमार्फत जानकारी दिएका थिए । आफूले सजिलै काेभिड जितेकाे उनले दाबी गरेका थिए । तर, नेगेटिभ रिपाेर्टका बाबजुद उनलाई निकै असजिलाे महशुस भएकाे थियाे । काेभिड भएपछि उनलाई भाेलिपल्ट नेसनल मिल्ट्री मेडिकल अस्पतालमा भर्ना गरिएकाे थियाे ।

दाेस्राे परीक्षण गरिएकाे तीन दिनपछि बाइडेनसँगकाे बहस भएकाे थियाे ।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्