नाडाको अध्यक्षमा ध्रुव थापाको उम्मेदवारी घोषणा

काठमाडौँ– अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा एशोसियशन अफ नेपालको अध्यक्ष पदका लागि अटो व्यवसायी ध्रुव थापाले उम्मेदवारी घोषणा गरेका छन्।

उनले बिहीबार राजधानीमा एक कार्यक्रम गरी ‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नाराका साथ आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्।

अध्यक्ष पदका प्रत्याशी थापाले नीतिगत सुधार, सचिवालय सुधार, सदस्यहरुको क्षमता अभिवृद्धि, डाटा हब निर्माण र सामाजिक उत्तरदायित्वमा काम गर्ने प्रतिवद्धता जनाएका छन्।

यस्तै उनले नाडाको सधैँ राजधानी केन्द्रित नेतृत्वले मोफसल र साना व्यवसायीको आवाज सुन्न नसकेको अवस्थामा आफ्नो टिम त्यसलाई परिवर्तन गर्न नाडाको नेतृत्वको लागि अगाडि बढेको बताए।

उनको प्यानलमा नाडाका वर्तमान कार्यसमितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी, शुभाशिष थपलिया, यमुना श्रेष्ठ, अमर ज्योती रञ्जित, बि.एन पाठक, नारायण प्रसाद पौडेल (राजन), नवराज भुसाल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्ध कार्की, सगुन बि.एस कंन्साकार र सञ्जय कुमार खेतान रहेका छन्।

उनले विगत २१ वर्षदेखि नाडामा आबद्ध भएर काम गरेका छन्। उनी दुई पटक नाडाको उपध्यक्षसमेत भइसकेका छन्। यही मंसिर २२ र २३ गते नाडाको निर्वाचन हुँदैछ।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्