चितवन – जैविक विविधताका लागि नेपालको महत्वपूर्ण र पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा अहिले सफारी गर्नेहरुको संख्या बढ्दो क्रममा छ ।

कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्ष शून्य प्रायः रहेको सौराह क्षेत्रको पर्यटकीय गतिविधि अहिले बढेको छ । योसँगै राष्ट्रिय निकुञ्ज घुम्नेहरुको संख्या पनि बिस्तारै बढ्दो क्रममा देखिएको हो । अहिले जिप तथा हात्ती सफारी गर्नेहरु बढेका छन् ।

संरक्षित पाटेबाघ तथा गैँडासहितका जनावर, चराका विभिन्न प्रजाति, घाँसे मैदान तथा घना जंगलमा आश्रित जीवजन्तुको बासस्थानका रुपमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ ।

विश्व सम्पदा सूचिमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्ज जैविक विविधताको धनी छ । चितवन, पर्सा तथा नवलपरासीलाई छोएको यो निकुञ्जमा जलचर, थलचर तथा चरा प्रजातिको बसोबास छ ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले चिवतनको सौराह क्षेत्रबाट रापती नदी हुँदै निकुञ्ज भित्रका ताल, जनावर, चरासहिका केही तस्बिर खिचेकी छन् ।