काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको शनिबार हुने निर्वाचनका लागि अध्यक्ष पदमा राजेन्द्र लिङ्देन र कमल थापाले मनोनयन दर्ता गरेका छन्।

त्यस्तै, महासचिव पदमा नायिका लिङ्देनका पक्षबाट रेखा थापा र थापाका पक्षबाट कुन्ती शाहीले मनोनयन दर्ता गरेका छन्।

मनोनयन दर्ता गर्ने क्रममा लिङ्देन र थापाका समर्थकहरुले नाराबाजीसमेत गरेका थिए।

राप्रपाको पदाधिकारीको चयन शनिबार हुने कार्यक्रम छ।

मनोनयन दर्ताका क्रममा सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु: