रेखा थापालाई कुन्ती शाहीको व्यंग्य- राजनीति गर्न फिल्म खेलेजस्तो सजिलो छैन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापा तथा राजेन्द्र लिङ्देनले शुक्रबार अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

कमल थापाको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी कुन्ती शाहीले लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिएकी रेखा थापालाई राजनीति गर्न फिल्म खेलेजस्तो सजिलो नहुने भन्दै चुनौती दिएकी छन्।

शाहीले उम्मेदवारी दर्तापछि भनिन्- म रेखा थापालाई चुनौती दिन चाहन्छु, हामीले राजा र हिन्दूका कुरा गर्दा, महिला अधिकारको कुरा गर्दा तपाईँ कहाँ हुनुहुन्थ्यो?’

‘उहाँलाई राजनीति नै थाहा छैन विचरा,’ शाहीले चुनौती दिइन्।

उनले हारजित जे भए पनि पार्टीलाई समय दिन रेखा थापालाई आग्रह गरिन्। ‘म सधैँ उहाँलाई साथमा लिएर नेताका रुपमा हेर्न चाहन्छु, उहाँ टिकिरहनुहोस्,’ थापालाई शाहीले चुनौती दिइन्।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्