साथीको जन्मदिन मनाउन पुगेका युवकको मृत्यु, अनुसन्धानका लागि १२ जना पक्राउ

सांकेतिक तस्बिर

दाङ– दाङमा साथीको जन्मदिन मनाउन होटलमा गएका घोराहीका एक युवकको मृत्यु भएको छ। शंकास्पद मृत्यु भएको र घटनाको अनुसन्धान गर्न प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।

घोराही उपमहानगरपालिका–१७ गुलरियाका २१ वर्षीय गणेश पौडेल होटलमा बेहोस अवस्थामा फेला परेका थिए। उनको उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको छ। पौडेल नवीन गिरीको जन्मदिन मनाउन घोराही–१५ स्थित फ्रेन्ड एन्ड फेमिली होटलमा पुगेका थिए।

पौडेलको टाउकामा चोट लागेको थियो। मृत्यु शंकास्पद लागेकाले पौडेलका परिवारले जाहेरी दिएका छन्। सोही आधारमा उनका १२ जना साथीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्