उपाधि दावेदार थ्रीस्टार लगातार दोस्रो खेलमा जितविहिन

काठमाडौं-शहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधि दावेदार थ्रीस्टार क्लब लगातार दोस्रो खेलमा जितविहिन बनेको छ। दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्रीस्टार, फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकियो।

अघिल्लो खेेलमा थ्रीस्टारले सातदोबाटो युथ क्लबसँग हार ब्यहोरेको थियो। फ्रेन्ड्ससँग पनि थ्रीस्टारलाई बराबरी गर्न हम्मेहम्मे भएको थियो। थ्रीस्टारका मिक्चेन तामाङले ८३ औँ मिनेटमा खेललाई बराबरीमा ल्याएका थिए। त्यसअघि फ्रेन्ड्सले ५१ औँ मिनेटमा अग्रता लिएको थियो। विदेशी खेलाडी नाथनेइल गार्सियाले ५१ औँ मिनेटमा गोल गरेका थिए।

तीन खेलबाट थ्रीस्टारको चार अंक छ। मनाङ मर्स्याङ्दीको दुई खेलबाट ६ अंक छ। अन्य पाँच क्लबको दुई खेलबाट चार अंक छ।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्