सिभिल ग्रुपका अध्यक्ष तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा दर्ता

काठमाडौं- सहकारी ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध मुद्धा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो। यसअघि केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले अनुसन्धान गरेको थियो। पूर्व एमाले सांसदसमेत रहेका इच्छाराज असोज १८ गते पक्राउ परेका थिए। प्रतिवादी बनाइएकामध्ये १२ जना मात्र पक्राउ परेका छन्।

सिभिल सहकारी ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले अभियोगपत्र मात्र एक सय ४८ पृष्ठ लामो तयार गरेको छ।

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्