शहिद स्मारक ए डिभिजन लिगको यो सिजन ह्याट्रिक गर्ने पहिलो खेलाडी बने सातदोबाटोका मार्टिन

ह्याट्रिक पुरा गरेपछि अजाई।

काठमाडौं-शहिद स्मारक ए डिभिजन लिगको यो सिजन सातदोबाटो युथ क्लबका मार्टिन अजाई ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्।

दशरथ रंगशालामा जारी विभागीय प्रतिद्धन्द्धी शसस्त्र प्रहरी बल-एपीएफविरुद्ध उनले ह्याट्रिक गरेका हुन्।

खेलको दोस्रो हाफ जारी रहँदा सातदोबाटो ४-१ गोलले अगाडी रहेको छ। सातदोबाटो ए डिभिजनको नव प्रवेश टोली हो।

सातदोबाटोले अघिल्लो खेलमा थ्रीस्टारलाई स्तब्ध बनाएको थियो।

भिडियाे:

मंसिर १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्