बसले ट्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु, १९ जना घाइते

सांकेतिक तस्बिर

पर्वत – पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज बिहान बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टरमा मध्य पहाडी लोकमार्गका मजदुर सवार थिए। उनीहरुमध्ये पाँचजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार १४ जना सामान्य घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत र गम्भीर घाइतेलाई पोखरा पठाइएको छ।

बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको छ। -रासस

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्