बैतडीमा टिमुर खेतीबारे इसिमोड, डाबर नेपाल र तालकोल्लाबीच साझेदारी

तस्बिर : जितेन्द्रराज बज्राचार्य/इसिमाेड

काठमाडौँ – बैतडीमा टिमुर खेती सम्बन्धमा इसिमोड, डाबर नेपाल प्रालि र तालकोल्ला सामुदायिक वन उपभोक्ता समूहबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा इसिमोडका प्रवन्ध निर्देशक पेमा ग्याम्त्सो, डाबर (नेपाल र म्यानमार) का बिजिनेस प्रमुख हरकीरतसिंह बेदीले हस्ताक्षर गरेका छन्।

इसिमोडका रणनीतिक सहयोग निर्देशक बसन्तराज श्रेष्ठ र डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द रानाको उक्त अवसरमा उपस्थिति थियो। सम्झौताअनुसार बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणमा परिणाम हासिल गर्ने रहेको छ।

भौगोलिक र हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना छ। यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन उपभोक्ता समूह, डाबर नेपाल र इसिमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँचवर्षको अवधिमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्ने भएको हो।

उक्त साझेदारीले इकोसिस्टम पुनःस्थापना, जीविकोपार्जनका विकल्पहरुलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्