स्वस्तिक आयल इण्डष्ट्रिज ‘उत्कृष्ट निर्यातकर्ता’

काठमाडौँ – केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिलाई आर्थिक वर्ष २०७७÷७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यातका लागि मोरङ व्यापार संघले सम्मान गरेको छ।

कम्पनीले मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याई उत्कृष्ट निर्यातकर्ता भएकोमा संघले सम्मान गरेको हो।

संघले उक्त सम्मान आफ्नो ६५औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहको अवसरमा अर्थमन्त्री जनार्दन शर्माबाट स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिका सञ्चालक विकास दुगडलाई प्रदान गरेको हो।

स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरी बिक्री–वितरण गर्दै आएको छ।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्