काठमाडौँ उपत्यकामा थपिए १५८ जना कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९७, भक्तपुरमा १० र ललितपुरमा ५१ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाले ज्यान गुमाएका छन्।

शनिबार ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ७४४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ५ हजार २९५ पीसीआर तथा १ हजार ५०२ एन्टिजेन परीक्षण भएको छ।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्