म काँचो नेतृत्वको पक्षमा छैनः पशुपति शमशेर

पशुपतिशमशेर राणा। फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष पशुपति शमशेर जबराले आफूले राजेन्द्र लिङ्देनलाई समर्थन नगरेको बताएका छन्।

सामाजिक सञ्जालमा आफूले अध्यक्षमा लिङ्देनलाई समर्थन गरेको भनी भ्रम फैलाइएको भन्दै उनले आफू काँचो नेतृत्वको पक्षमा नरहेको स्पष्ट पारेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कुनै कुतत्वले मैले राजेन्द्र लिङ्देनको पक्षमा अपील गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ। यो सरासर झुट कुरा हो। यसको कडा खण्डन गर्दै काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु।’

अहिले राप्रपाको महाधिवेशनमा मतदान जारी छ। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका छन्।

मंसिर १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्