राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। उनी प्रतिस्पर्धी कमल थापाभन्दा २०० मत बढी ल्याएर विजयी भएका हुन्।

राप्रपा केन्द्रीय सदस्यका उम्मेदवार रवीन्द्रप्रताप शाहले विजेता लिङ्देनले एक हजार ८१७ मत ल्याएर राप्रपा अध्यक्षमा विजयी भएको जानकारी दिए। अर्का अध्यक्ष उम्मेदवार थापाले भने एकहजार ६१७ मतमात्रै पाए।

निर्वाचन समितिका अनुसार अध्यक्ष मतदानमा ४२१ मत बदर भएकाे छ।

महाधिवेशनअन्तर्गत अन्य पदको विवरण आउन भने बाँकी रहेको छ। सबै पदको मत विवरण एकैपटक सार्वजनिक गर्ने तयारी गरिएको केन्द्रीय सदस्य उम्मेदवार शाहले जानकारी दिए।

राप्रपामा लिङ्देनको जीतसँगै राप्रपाको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण भएको छ।

मंसिर १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्