अध्यक्ष लिङ्देनसहित राप्रपाका नवनिर्वाचित पदाधिकारीहरुले लिए शपथ

काठमाडौँ- राप्रपाको अध्यक्ष पदमा निर्वाचित राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीहरुले शपथ लिएका छन्।

शपथ ग्रहणमा निवर्तमान अध्यक्ष कमल थापा भने पुगेनन्।

उपाध्यक्षमा निर्वाचित विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्कीले पनि शपथ लिएका छन्।

महामन्त्रीमा निर्वाचित धवलशमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाहीले पनि शपथ लिएका छन्।

त्यस्तै, निर्वाचित केन्द्रीय सदस्यहरुले पनि शपथ ग्रहण गरेका छन्।

मंसिर १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्