भानुमती नरसिम्हनको ‘सीताः अ टेल अफ एन्सिएन्ट लभ’ विमोचन

काठमाडौँ– लेखिका भानुमती नरसिम्हनको ‘सीताः अ टेल अफ एन्सिएन्ट लभ’ पुस्तक विमोचन सम्पन्न भएको छ।

आर्ट अफ लिभिङद्वारा आयोजित एक सांगीतिक साँझमा उक्त पुस्तक विमोचन गरिएको हो। लेखिकाको साथै उनी ध्यान गुरु, इन्टरनेसनल वुमन्स कन्फरेन्सको डाइरेक्टर र आर्ट अफ लिभिङको वुमन वेल्फेयर र बाल संस्कार विभाग प्रमुख पनि हुन्।

कार्यक्रममा नेपालकी प्रथम महिला एवम् महिला अधिकारकर्मी डा. आरजु राणा देउवाको प्रमुख आतिथ्य र सरकारी सेवाका उच्च पदाधिकारीहरु सहभागी थिए।

यो पुस्तकमा प्रतिभा कुमारीको १६ वटा आकर्षक इलस्ट्रेटिव चित्रहरु पनि समावेश गरिएको छ।

मंसिर १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्