गोदावारीबाट हराएका दुई मूर्तिमध्ये बसुन्धरा फेला

काठमाडौँ – ललितपुरको सिद्धेश्वर महादेव मन्दिरबाट हराएका दुईवटा मूर्तिमध्ये एउटा नजिकैको जङ्गलमा फेला परेको छ।

मंसिर १४ गते हराएको बसुन्धराको मूर्ति नजिकैको जङ्गलमा फेला परेको ललितपुर प्रहरीले जनाएको छ।

श्री नारायण (विष्णु भगवान) को मूर्ति भने अझै हराइरहेको प्रहरीले जनाएको छ।

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्