डकैती गरेर ८ वर्ष जेल, छुटेपछि एकै ठाउँबाट ३५ वटा ल्यापटप चोरी

सांकेतिक तस्बिर

काठमाडौँ – राजधानीको बसुन्धरास्थित चेल्सी फाउन्डेसनबाट ३५ वटा ल्यापटप चोरी गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ प्रहरी परिसरको टोलीले नुवाकोटको विदुर नगरपालिका-१३ स्थायी घर भई बसुन्धरा बस्दै आएका ३८ वर्षीय कुमार भन्ने तेजबहादुर मगरलाई पक्राउ गरेको हो।

काठमाडौँ जिल्ला अदालतले मगरलाई २२ लाख ११ हजार ९ सय ६० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। २०७२ सालमा फाउन्डेसनबाट ल्यापटप चोरी गरेको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको थियो।

मगर त्यसअघि डाका मुद्धामा २०६० सालमा पक्राउ परी ८ वर्ष जेल बसेर छुटेका थिए।

 

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्