जब राजा राजकुमारीले मध्यरातमा सोधिन्, ‘के छ नेपाल, सञ्चै हुनुहुन्छ ?’

काठमाडौँ– इन्डियन – अमेरिकन र्‍यापर ‘द राजा राजकुमारी’ ले काठमाडौँको क्लब फरेनहाइटमा शुक्रबार साँझ प्रस्तुति दिएकी छन्।

मध्यरातमा सेतो पहिरनमा स्टेज चढेकी राजा राजकुमारीलाई हेर्न सयौँ दर्शकको घुँइचो लागेको थियो। उनी अनुहार छोपेर स्टेजमा चढेकी थिइन्। स्टेजमा गई प्रस्तुतिको साथमा आफ्नो अनुहार सार्वजनिक गरेकी राजा राजकुमारीले गीत गाउन शुरु गरेपछि क्लब झुमेको थियो।

प्रस्तुति शुरु गर्नु अगाडि उनले दर्शकलाई सम्बोधन गर्दै भनेकी थिइन्, ‘के छ नेपाल ? सञ्चै हुनुहुन्छ ?’ उनको बोलीपछि दर्शकको हुटिङले क्लब थर्काएको थियो। रमाइलो माहोलमा उनले १ दर्जन गीत प्रस्तुत गरेकी थिइन्। उनी बिहीबार प्रस्तुतिका लागि नेपाल आएकी थिइन्।

तस्बिर : क्लब फरेनहाइट

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्