‘दादा भत्ता’ भन्दै म्यान पावरसँग विदेश पठाइएका हरेकबापत २५ हजार कमिसन माग

काठमाडौं- दादा भत्ता भन्दै म्यानपावरसँग असुली गर्ने गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको सुकेधाराका ४० वर्षीय मिलन जोशी र दोलखाको भीमसेन नगरपालिका स्थायी घर भई काठमाडौंको बालुवाटार बस्दै आएका रविन्द्र बस्नेतलाई पक्राउ गरेको हो।

उनीहरुले पानीपोखरीस्थित युनिभर्सल इन्टर नेसनल म्यानपावरसँग विदेश पठाइएका हरेकबापत २५ हजार रुपैयाँ कमिसन माग्दै आएका थिए। महाशाखाका अनुसार उनिहरुले हालसम्म म्यानपावरसँग ९० लाख २५ हजार रुपैयाँ लिएका छन्।

कोरोना महामारीको समयमा समेत उनीहरुले म्यानपावरसँग दादाभत्ता र दशैँ खर्च मागेको प्रहरीको दावी छ। मंसिर १६ गते उनिहरु म्यानपावरमै पुगेर भत्ता नदिए ज्यान लिने धम्की दिएपछि सन्चालकहरु प्रहरीकहाँ उजुरी गर्न पुगेका थिए।

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्