स्काउटको तदर्थ समितिको संयोजकमा रविन दाहाल

काठमाडौँ– नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको संयोजकमा रविन दाहाल नियुक्त भएका छन्। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले मन्त्रिस्तरीय बैठकबाट दाहाललाई संयोजकमा नियुक्त गरिएको हो।

यही मंसिर १९ को मन्त्री स्तरीय निर्णयअनुसार स्काउटको तदर्थ समिति संयोजकमा नियुक्त भएका दाहाललाई प्रमुख आयुक्तको जिम्मेवारी समेत दिइएको छ।

त्यसैगरी सह–संयोजकमा राजीव खत्री नियुक्त भएका छन्। उनलाईस्काउटको तालिम आयुक्तको जिम्मेवारीसमेत दिइएको छ।

त्यसैगरी स्काउटको सदस्यहरुमा बबिता कटुवाल, विजय किशोर झा, हरिबहादुर श्रेष्ठ, केशव महर्जन, रामचरित्र ठाकुर, सन्तोष कुमार थापा, शिवप्रसाद बराल, रमिला नगरकोटी, गायत्री शर्मा, दिपक अर्याल, तिलक खत्री, जुपिटर कुँवर र देउमल सुनार नियुक्त भएका छन्। जसमध्ये कटुवालले संगठन आयुक्तको जिम्मेवारी पाए।

नवनियुक्त पदाधिकारीहरुलाई नेपाल स्काउटका प्रमुख तथा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले आज सपथ ग्रहण गराएका हुन्।

मन्त्रालयको सभाहलमा भएको सपथ ग्रहण कार्यक्रममा मन्त्री अथकले नवनियुक्त पदाधिकारीहरुलाई सपथ खुवाउँदै स्काउटको अन्तराष्ट्रिय मुल्य मान्यताको परिधिमा रहि कर्तव्य निर्वाह गर्न निर्देशनसमेत दिए।

समितिलाई एक वर्षभित्र निर्वाचन गराउने जिम्मेवारीसमेत तोकिएको छ।

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्