कुमारी बैंकले ल्यायो ‘फोन लोन ईएमआई’ भुक्तानी गर्न सकिने सुविधा

काठमाडौँ– कुमारी बैंक लिमिटेडले ‘फोन लोन ईएमआई’ भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ।

बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडसँगको सहकार्यमा ‘इमआई फोनलोन’ भुक्तानी गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको हो।

बैंकले ग्राहकहरुलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्‍याउने हेतुले गतवर्षदेखि फोनलोन सुविधा संचालनमा ल्याएको जनाएको छ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन इएमलाई सुविधा संचालनमा ल्याएको हो।

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्