त्रियुगा नगरपालिकाका ६ कर्मचारीमा कोरोना पुष्टि

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिकाका ६ जना कर्मचारीमा एकैदिन कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार गरेको एन्टिजेन परीक्षणमा प्राविधिक शाखाका इन्जिनियरसहित सबै जना र राजश्व शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका अवधनारायण चौधरीले जानकारी दिए।

त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार ६० जनाको परीक्षण गर्दा एकै दिन ६ कर्मचारीमा कोरोना संक्रमण भेटिएको हो। त्रियुगा नगरपालिकामा दुई दिनमा एक महिला कर्मचारीसहित ८ कर्मचारीमा कोरोना पुष्टि भएको छ। –न्युज कारखाना

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्