देउवा इतरका चार नेताको बैठक बिनानिश्कर्ष सकियो

फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा दाबी गरिरहेका संस्थापनइतर समूहका चार नेताबीचको छलफल बिना निष्कर्ष सकिएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा सोमबार पौडेलसहित शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहबीच भएको छलफल बिना निष्कर्ष सकिएको हो। संस्थापनइतर समूहबाट सभापतिका लागि साझा उम्मेदवार तय गर्नेबारे छलफल भएको हो।

वरिष्ठ नेता पौडेलको सचिवालयका अनुसार थप छलफलका लागि मंगलबार सिंह निवास चाक्सीबारीमा संस्थापनइतर समूहका केन्द्रीय सदस्यको बैठक बोलाइएको छ।

 

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्