कांग्रेस महाधिवेशनः प्रकाशमानले खोले सम्पर्क कार्यालय, भोलिदेखि कार्यकर्ता भेट्ने

फाइल।

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन्।

महाधिवेशन आउन चार दिन बाँकी रहँदा नेतृत्वमा चुनाव लड्न प्रकाशमानले सिंहदरबारको मुल गेट अगाडि यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका हुन्।

कार्यालयबाट प्रकाशमानले मंगलबार बिहान ८ बजेदेखि कार्यकर्तासँग भेटघाट सुरु गर्नेछन्।

प्रकाशमानको सचिवालयले भेटघाटमा लागि आउने नेता कार्यकर्तालाई सम्पर्क कार्यालयमा आउन अपिल गरेको छ। –न्युज कारखाना

मंसिर २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्