अग्रता जोगाउन नसकेको आर्सनल पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल पराजित भएको छ । अवे मैदानमा भएको खेलमा आर्सनल एभर्टनसँग २–१ ले पराजित भएको हो ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मार्टिन ओडिगार्डले गोल गरी आर्सनललाई सुरुवाति अग्रता दिलाएका थिए । तर सो अग्रता दोस्रो हाफमा कायम रहने ।

एभर्टनका लागि ७९ औँ मिनेटमा रिचार्लिशनले बराबरी गोल गरे । इन्जुरी समयको दोस्रो मिनेटमा ग्रेले गोल गरी एभर्टनलाई जित दिलाएका हुन्।

पराजित भएको आर्सनल १५ खेलबाट २३ अंकसहित सातौँ स्थानमा छ भने विजयी भएको एभर्टन १८ अंकसहित १२ औँ स्थानमा उक्लिएको छ।

मंसिर २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्